छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं । रुपन्देही, चितवन र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका-४ छिपागडस्थित सडकमा लु.२ च ६७५६ नम्बरको कार सडकबाट १० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सिद्धार्थनगर नगरपालिका-४ बस्ने २७ बर्षीय देवेन्द्र चौधरी समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटना परी गम्भीर घाइते भएका उनीहरुको भिम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार ओमसतिया गाउँपालिका-४ बस्ने ३४ बर्षीय अनिल यादवलाई भिम अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।
यसैगरी चितवनको कालिका नगरपालिका-२ भट्ट चोकमा ना.३० प ५४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय बुद्धिमान दराईको शुक्रबार साँझ मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका-१ स्थित सडकमा पनि स.१० प ८४९८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ३५ बर्षीय देवनाथ यादवको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २६ बर्षीय अमृत चौधरीलाई उपचारको लागि युनिक अस्पताल रुपनी पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ
-
मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?