छुट्टाछुट्टै स्थानमा ४ जना मृतावस्थामा फेला
काठमाडौं । छुट्टाछुट्टै स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कन्चनपुरको भिमदत्त नगरपालिका-१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा पनि अन्दाजी २६ बर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ