२३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ
शनिबार, २४ साउन २०७७, १८ : ३६
मोरङ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही महानगरपालिका १७ बस्ने ५५ बर्षिय शेमपेन गुप्ता छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले उल्लेखित सुनसहित पक्राउ गरेको हो ।
साईकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागि एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित सुन फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रको टोलीले गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाईल सेट समेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ