बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खोकनाको खुर्सानी

आइतबार, २५ साउन २०७७, ०७ : ३६
आइतबार, २५ साउन २०७७

ललितपुरको खोकनाका घरहरु कुनै बेला श्रावण महिनाभरी खुर्सानीले राताम्य हुन्थे । तर अहिले बिरलै घरहरु मा खुर्सानी झुन्डिएको देखिन्छ । हरेक वर्ष वसन्त पञ्चमीपछि खुर्सानीको बाली लगाएर श्रावणको पहिलो हप्ता खुर्सानी टिपेर त्यसलाई परालमा उनेर घर–घरको झ्यालहरुमा ६ दिनसम्म झुन्डाइन्छ । यसरी खुकाऐका खुर्सानीलाई बीउ राख्ने र खानका लागि पनि प्रयोग गरिन्छ ।

नेवार समुदायका कलात्मक झ्यालहरुमा खुर्सानीहरु सारा खोकनालाई एउटै रङमा रङ्ग्याउँथ्यो । तर, अहिले खोकनामा त्यस्ता कलात्मक घरहरु थोरै मात्र छन् । भूकम्पका कारण घरहरु भत्किएपछि  नयाँ शैलीमा घरहरु बन्न थालेका छन् । जसका कारण यो खुर्सानी झुन्डाउने परम्परा लोप हुँदै गएको छ  ।

तस्बिर : सुवास श्रेष्ठ, रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप