शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोंगबु गणेशस्थानमा हत्या भएका पुरुष केही दिनयता भएका थिए सम्पर्कबिहीन (मृतकको तस्बिरसहित)

आइतबार, २५ साउन २०७७, ११ : ५१
आइतबार, २५ साउन २०७७

काठमाडौं । राजधानीको गोंगबु गणेशस्थानमा हत्या गरेको अवस्थामा फेला परेका पुरुष केही दिनयता सम्पर्कबिहीन भएको पाइएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष केही दिनदेखि सम्पर्कबिहीन भएको खुलेको रातोपाटीलाई जानकारी दिए ।

थापाले भने, ‘केही दिनदेखि ती पुरुष हराएको खुलेको छ, हामी व्यक्ति पहिचानको नजिक पुगेका छौं ।’ 

ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टाउको एक ठाउँमा र शरीर टुक्राटुक्रा पारेर फालिएको अवस्थामा अर्को ठाउँमा भेटिएपनि रातोपाटीलाई प्राप्त तस्बिरअनुसार उनको टाउकोपट्टीको भागमा भने कुनै चोटपटक देखिएको छैन  । 

घटनास्थलमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ भने घटनास्थलमा तालिम प्राप्त कुुकुरको पनि प्रयोग गरिएको छ । 

यसैगरी  शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

 सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप