बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

करदाताको खाता प्रमाणित गर्ने समय थप

आइतबार, २५ साउन २०७७, १२ : ००
आइतबार, २५ साउन २०७७

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाताको खाता अर्थात् खरिद तथा बिक्री खाता प्रमाणित गर्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्‍याएको छ।

विभागले हरेक वर्ष राजस्व कार्यालयलाई यहि प्रावधानअनुसार परिपत्र गर्ने गरेको थियो। तर हाल विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७७/०७८ का लागि मासिक, द्विमासिक, चौमासिक कर विवरण बुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप