शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जोरबिजोरले झनै बढ्यो यात्रुको भिडभाड, प्रहरीको आँखा छल्दै नियम मिच्दै (तस्बिरमा हेर्नुहोस्)

आइतबार, २५ साउन २०७७, १२ : ४२
आइतबार, २५ साउन २०७७

काठमाडौं । सरकारले उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि सडकमा सवारीसाधनको चाप उस्तै देखिएको छ । राजधानीका सडकमा आइतबार बिजोर नम्बर प्लेटको सवारीसाधन चल्ने भएपनि प्रहरीको आँखा छल्दै जोर नम्बरका सवारीसाधन पनि उल्लेख्य रुपमा चलेका छन् । यद्यपि चोकचोकमा प्रहरीले चेकजाँचमा कडाइ गरिरहेको छ । 

शुक्रबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबारदेखि प्रशासनबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अरु सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।  तर, जिल्लाका अन्य सरकारी सेवाहरु, उद्योग कलकारखाना, सार्वजनिक यातायात लगायतले दिने सेवाहरु भने निर्वाध सञ्चालनमा रहेका छन् । भलै यातायातमा भने जोरबिजोर लागू गरिएको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारी तहबाट अत्यावश्यक अवस्थामा बाहेक हिँडडूल नगर्न निरन्तर आग्रह हुँदै आएपनि सडकमा भिडभाड उस्तै देखिन्छ । 

शनिबारसम्मको तथ्यांकअनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा शनिबारसम्म एक हजार ४४ जना संक्रमित भेटिएका छन् । तीमध्ये ८ सय ६ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ८ सय २२, ललितपुरमा १ सय ३७ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । लकडाउन खुला भएसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको हो।  

तस्बिरहरु : कृष्ण खड्का

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप