म्युजिक भिडियो अभिनयमार्फत गिनिज वर्ल्ड रेकर्ड राख्दै शंकर
आइतबार, २५ साउन २०७७, १५ : १०
काठमाडौं । लोकदोहोरी गीतका मोडल तथा निर्देशक शंकर बिसी अहिले गिनिज वल्र्ड रेकर्डस् तयारीमा छन् । अहिलेसम्म ३५ सय बढि म्युजिक भिडियो अभिनय गरेका उनले यसैको माध्यमबाट गिनिज वल्र्ड रेकर्डस् बनाउन जुटेका हुन् ।
विश्वमा यति धेरै म्युजिक भिडियो खेल्ने मोडल आफु बाहेक अर्काे नभएको उनको बुझाई रहेको छ । रेकर्डका लागि उनले सबै प्रक्रिया पुर्याएर केही अगाडि आवेदन समेत दिएका थिए । कहिलेकाँही दैनिक ४ भिडियोसमेत अभिनय गरेका शंकरले साथीभाईको आग्रहमा रेकर्डको प्रक्रिया थालेका हुन् ।
कोरोना महामारीका कारण अहिले सो प्रक्रियामा सुस्तता छाएको शंकरले बताए । उनले भने, ‘रेकर्डका लागि अहिले गीत गन्ने काम भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन