बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ईँले २३ दिनमा तोडे अनशन : यी हुन् ८ उपलब्धि

आइतबार, २५ साउन २०७७, १५ : २३
आइतबार, २५ साउन २०७७

काठमाडौं । ‘इनफ इज इनफ’ अभियन्ता ईःले आइतबार अनशन तोडेका छन् ।आइतबार बिहान स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएपछि हृयाम्स अस्पतालको शैय्यबाट २३ औं दिनमा ईँःले अनशन छोडेका हुन् ।

प्रायः सबै मुख्य कुराहरु सम्बोधन भएको र पहिला गरेको सम्झौता कार्यान्वयन हुन थालेकोले अनशन तोडेको ईंँले प्रतिक्रिया दिए ।

कोभिड १९ सबल व्यवस्थापनमा केन्द्रित सम्झौता कार्यान्वनयको पूर्ण जिम्मेवारी सरकारले ग्रहण गर्नु सुखद घटना भएको उनको भनाइ छ ।

मन्त्रालयका प्रतिनिधि, ईः र अभियानका अन्य प्रतिनिधिहरुबीच केही दिनयता अनौपचारिक संवादपछि सम्झौताका पुगेको अभियन्ता आलोक सुवेदीले बताए ।
पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए ।

सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए ।

सरकार र अभियानबीच असार २२ गते पहिलो चरणको सम्झौता भएको थिए । सरकारबाट सम्झौता पालना नहुँदा बाध्यातावश गत साउन ३ गते बसन्तपुरबाट दोस्रो चरणको सत्याग्रह आरम्भ गर्नुपर्ने अवस्था ईँको भनाइ छ ।
दोस्रो चरणको अनशनमा ईः र करण गुरुङले बसन्तपुरमा अनशन सुरु गरेका थिए ।

सरकारकै कारण फेरि पनि बाध्यता बहन गर्ने परिस्थिति आइनपरोस् भन्ने उनीहरुको कामना छ ।

८ बुँदै सम्झौतामा क्वारेन्टिनको रणनीति सुधार्नुपर्ने, विदेशबाट फर्कने चाहने नागरिकको उच्चतम प्राथमिकता र पूर्ण सम्मानका साथ घर फिर्ती हुनुपर्ने कुरा उल्लेख छ ।

यस्तै कोरोनाको सबल व्यवस्थापनबारे वैज्ञानिक एवं तथ्यपरक सुझाव दिन जनस्वास्थ्यविज्ञ, महामारीविद्, वरिष्ठ चिकित्सक, वैज्ञानिक, अर्थशास्त्री लगायत स्वतन्त्र विज्ञसम्मिलित समावेशी, स्वायत्त, अधिकारसम्पन्न विज्ञ सुझाव समिति गठन गर्नुपर्ने  अभियानको माग छ ।


अभियानले ठानेका ८ उपलब्धि

१) पीसीआर परीक्षणको संख्या उल्लेखनीय रुपमा वृद्वि भएको छ । थप सरकारी प्रयोगशाला स्थापना भएको छ, निजी प्रयोगशालालाई परीक्षण गर्न स्वीकृति दिइएको छ । सरकारी स्वास्थ्य शिक्षण संस्थाका साधन श्रोत प्रयोगमा ल्याइएको छ ।

२) हवाइमार्गबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टीनमा राखेपछि अनिवार्य पीसीआर परीक्षण गरी निजको इच्छाअनुसार घर तथा होटल क्वारेन्टीन वा सार्वजनिक क्वारेन्टीनमा बस्ने वा राख्ने व्यवस्था भएको छ । स्थलमार्गबाट आएका व्यक्तिलाई तत्काल परीक्षण गर्ने निर्णय भएको छ ।

३) क्वारेन्टिन (होल्डीङ सेन्टर, आइसोलेसन, सामुहिक तथा होम क्वारेन्टिन) को मापदण्ड तयार भएको छ ।

४ विदेशबाट स्वदेश फर्कने नेपालीका हकमा सम्मानित सर्वोच्च अदालतको फैसला र आदेश कार्यान्वयन गर्न गराउन तदारुकता देखिएको छ ।

५) पीसीआर परीक्षणको दायरा वृद्धि भएको छ । जोखिम समूहमा रहेका सबैलाई पीसीआर परीक्षण व्यवस्था गर्न पुर्ववत् निर्देशिका परीमार्जन गरी दायरा बढाइएको छ ।

६) कोभिड १९ पहिचानको लागी एन्टिबडी आरडिटी परीक्षण पूर्ण रुपमा स्थगित गर्ने पक्षमा सरकारको तर्फबाट प्रदेश, जिल्ला र स्थानीय तहलाई निर्देशन जारी भएको छ ।

७) क्वारेन्टीनमा रहेकालाई अनिवार्य पीसीआर विधीबाट परिक्षण गर्दा नेगेटीभ नतिजा आएमा मात्र समाजमा पुनःस्थापना गर्ने गराउने व्यवस्थाका लागी निर्देशिका, कार्यविधि तथा मापदण्ड तयार गर्ने व्यवस्था भइसकेको छ ।

८) कोभिड १९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचार प्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप