शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रम ओलीको गतिविधि संसद नै भंग गर्नेतर्फ केन्द्रित’

आइतबार, २५ साउन २०७७, १८ : १३
आइतबार, २५ साउन २०७७

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी ओलीको गतिविधि संसद नै भंग गर्नेतर्फ केन्द्रित भएको बताएका छन् । रातोपाटीसँगको अन्तरवार्तामा नेता गुरुङले असार १६ गतेपछि डेडलकको अवस्थामा स्थिति पुगेको र सोही क्रममा प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने तयारी गरेपनि पछि हटेको बताए  । 

‘त्यस्तो तयारी गरेको भन्ने आयो तर विरोधपछि रोकियो । १६ पछि एक प्रकारको डेडलक जस्तो भइरहेको थियो, वार्ता पनि भएको थिएन र भएपनि औपचारिकतामा सीमित थियो’, गुरुङले थपे, ‘२२ गतेको यो खालको हल्लाखल्ला र यस्तो कुरा आइसकेपछि बल्ल दुई अध्यक्षबीच कुराकानी गर्ने अवस्थामा पुगेको देखियो । यो सवै स्थितिले दल विभाजन, संकटकाल, संसद विघटनको कसरत आदि चिन्ताको विषय भयो ।’

नेता गुरुङले तत्काल ओली सो कदमबाट पछि हटेपनि पार्टी कमिटीमा आलोचना भइरहने, अध्यक्ष र सरकारको बारेमा पनि आलोचना भइरहे कुनैपनि बेलामा उनी अघि सर्न सक्ने बताए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप