मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक महाशाखाका थप ३ प्रहरीमा कोरोना संक्रमण

आइतबार, २५ साउन २०७७, २२ : ०३
आइतबार, २५ साउन २०७७

काठमाडौं । ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पतालमा पिसिआर जाँच गर्दा थप ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालमा कार्यरत एक डाक्टरले रातोपाटीलाई जानकारी दिए । संक्रमित तीनजना गण नम्बर–२ महाराजगञ्जको क्वारेन्टाइनमा थिए ।  

तीनजना प्रहरीसँगै महाशाखामा कार्यरत कोरोना संक्रमित ट्राफिकको संख्या ९ पुगेको छ । तीमध्ये एकजना थापाथलीमा कार्यरत हुन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक महाशाखा सिल गरिएको छ । प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकाल सहित ३०९ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा छन् ।
साउन १६ मा हवल्दार र जवानलाई कोरोना देखिएपछि कार्यालय सिल गरेर पिसिआर जाँच गरिँदै छ । शुक्रवार पिसिआर जाँचका लागि ३१ जनाको स्वाब संकलन गरिएको थियो ।
ट्राफिक प्रहरीमा संक्रमण कहाँबाट भयो भन्ने ‘स्रोत’ खुल्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप