शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्जय दत्त अस्पतालमा, परिवार ४ महिनादेखि दुबईमा

सोमबार, २६ साउन २०७७, ०० : ००
सोमबार, २६ साउन २०७७

एजेन्सी । मुम्बईका लिलावती अस्पतालमा भर्ना भएका भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्थामा सुधार भएको छ । उनी एक दुई दिनभित्रै डिस्चार्ज हुने जनाइएको छ । सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका घनिष्ठ मित्र फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् ।

शनिबार राती सञ्जयको शरीरमा अक्सिजनको मात्रामा कमी देखिएलगत्तै अस्पताल भर्ना गरिएको थियो । दैनिक भास्करसँगको कुराकानीमा अजयले भने, सञ्जय(सञ्जु)को स्वास्थ्यमा त्यति धेरै समस्या थिएन । मौसमको बदलीसँगै उनको स्वास्थ्यमा केही गडबढी देखिएको हो । उनी अहिले बिल्कुल ठिक छन् । उनलाई एक दुई दिनमा अस्पतालले डिस्चार्ज गरिदिन्छ ।’

सञ्जय अस्पतालमा भर्ना भइरहँदा उनको परिवार भने दुबईमा रहेको छ । सञ्जय पत्नी मान्यता, दुबै बच्चाहरु इक्रा र शरण मार्चमा लकडाउन सुरु भएदेखिनै भारत आउन सकेका छैनन् । उनीहरु दुबईमै रोकिएका छन् । उनीहरु सञ्जयसँग फोन, भिडियो कलमार्फत सम्पर्कमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप