बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवाद्वारा पार्टीका १२ विभागमा पदाधिकारी र सदस्य गरी ४ सय ५७ जना मनोनयन (नामावलीसहित)

सोमबार, २६ साउन २०७७, ०८ : ३९
सोमबार, २६ साउन २०७७

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ केन्द्रीय विभाग विस्तार गरेका छन् । देउवाले  पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार १२ वटा केन्द्रीय विभागमा उपप्रमुख, सचिव, सदस्यहरुसहित ४ सय ५७ जनालाई मनोनयन गरेका हुन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संगठन विभाग, शिक्षा विभाग, यातायात व्यवसायी समन्वय विभाग, मुस्लिम विभाग,तराई–मधेश समन्वय विभाग,संघीय मामिला तथा प्रदेश समन्वय विभाग, वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, स्थानीय तह समन्वय विभाग र निर्माण व्यवसायी समन्वय विभाग विस्तार गरिएको जनाइएको छ ।

यसअघि देउवाले महिला विभागमा पदाधिकारी र सदस्य गरी ३८ जनालाई मनोनयन गरी सकेका थिए । यस्तै पौडेलका अनुसार देउवाले यसअघि जेष्ठ १७ गते तरुण विभाग र २८ गते खेलकूद विभाग विस्तार गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन आचारसंहिता तथा विधान विपरीत निर्णय र मनोनयन भइरहेको भन्दै देउवाका निर्णय खारेजीको मागसहित पार्टीको निर्वाचन समितिमा उजुरी, देउवालाई ध्यानाकर्षण पत्र र पत्रकारसम्मेलन गरेर विरोध जनाएको थियो ।


तर देउवाले  पौडेल समूहका विरोधलाई बेवास्ता गर्दै देउवाले विभाग विस्तार गरेका छन् । देउवाले गत फागुन तेस्रो साता आफ्नो चार वर्षको कार्यकाल सकिएपछि ४७ मध्ये २० वटा विभाग गठन गरेका थिए ।

पौडेल पक्षको विरोधका बीच देउवाले फागुन १७ गते १३ र १९ गते ७ गरी २० वटा विभाग गठन गरेका थिए । योबीचमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्नका लागि देउवाले २७ विभाग भने खाली छाडेका थिए ।

तर पौडेल पक्ष पार्टीको केन्द्रीय विभाग गठन र सदस्यहरूको मनोनयनलाई रोक्न मुद्दा बनाएर प्रतिवादमा उत्रिएको छ । महाधिवेशन भएको दुई महिना (नयाँ विधानअनुसार ६ महिना) भित्र गठन गर्नुपर्ने विभाग महाधिवेशनको ७ महिनाअघि गठन गरिनु विधान विपरीत भएको पौडेल पक्षको तर्क छ ।

तर देउवा १० वटा विभागको गठन तयारीमा रहेको बुझिएको छ । सभापतिले शक्तिको दुरुपयोग गरी विधान र आचारसंहिता विपरीत कदम चाल्ने गरेको भन्दै पौडेल पक्ष आक्रोशित छ ।

यस्तो छ मनोनितको नामावली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप