केन्द्रीय संस्करण

‘अब आफ्नो ज्यान आफैं जोगाउँ !’

person explore access_timeसाउन २६, २०७७ chat_bubble_outline0

 

हाम्रो मुलुक नेपालमा आज देश र जनताको हितभलो गर्नैपर्छ भन्ने सोचसमझमा प्रतिबद्ध सरकार छैन । सरकारका आफ्नै काम धन्धाहरु छन् । कमाउ खाउ खुवाउका लठाबज्र कामधन्धाहरु छन् । सरकारका प्रत्यक्ष अप्रत्यक्ष पाल्तूहरु धेरै छन् । अरिंगालहरु पनि छन् । सवै परनिर्भर र आश्रितहरु छन् । तिनका लागि दानापानी, बसोबास र सवारीको जोहो गरिदिनै पर्‍यो । यसरी यस सरकारको आन्तरिक आर्थिक दायित्व ठूलो छ । सरकारमा रहेकाहरुलाई आगामी चुनावको पनि चिन्ता छ । आज भोलि भन्दा भन्दै चुनावको दिन पनि टुप्लुक्क आइपुग्न सक्छ । सत्तामा रहँदाका सुखसयलका दिनहरु सुपरसोनिक जहाज उडेजसरी उड्न सक्छन् । दुःखजस्तो बोझिलो हुँदैन सुख । सुखलाई त सधैं समातेर राख्नु पर्छ । त्यस सुखका उत्पत्तिको आधार आमचुनाव नै हो । चुनावका लागि धनजनको जोहो गर्ने चिन्ता पनि छ । सरकार आफैँ आफ्नै आसेपासेहरुका बीच व्यस्त छ । यसैले यहाँ आज यो व्यस्त सरकारलाई जनता कसैको गुहार सुन्ने फुर्सद छैन । सुन्नेवाला पनि छैन । अवस्था हेर्दा हामी नेपाली जनता आज पनि छन त पुराणकै युगमा छौ. तर पुराणको गजेन्द्रमोक्ष पाठ गरेर आजका जनताको मुक्ति पनि सम्भव छैन । मुक्तिका लागि अर्को साँच्चिकै सार्थक संघर्ष अनिवार्य देखिन थालिसकेको छ ।

हाम्रा बा हजूरबाहरु “यथा राजा तथा प्रजा”भन्नुहुन्थ्यो । माथिकाले जे गर्छन्, तलकाले त्यही सिको गर्छन् भनिन्थ्यो । अहिले मुलुकका विभिन्न नाकामा ओली सरकारका प्रहरीहरुले प्रतिव्यक्ति ५०००। सलामी लिएर भारतीय कोरोना भित्र्याएर मुलुकमा महामारी फैँलिन व्यापक सहयोग पुर्‍याएको कुरा पनि चर्चामा आइसकेको छ । वर्तमान सरकारले देश र जनताप्रति कतिसम्म जिम्मेवारीका साथ शासन सन्चालन गर्दै छ भन्ने कुराको यो पनि एउटा गतिलै उदाहरण हुन सक्छ । भनौँ नै भने  मुलुकमा सुशासनको यसभन्दा सुन्दर दृष्टान्त अरु के हुनु पर्छ ? यी यस्ता घटनाहरुबाट मुलुकमा जो रक्षकका स्थानमा छन् तिनै भक्षकका भूमिकामा काम गरिरहेका छन् भन्ने यथार्थ समेत् जनसमक्ष स्पष्ट भएका छन् ।


हाम्रा बा हजूरबाहरु “यथा राजा तथा प्रजा”भन्नुहुन्थ्यो । माथिकाले जे गर्छन्, तलकाले त्यही सिको गर्छन् भनिन्थ्यो । अहिले मुलुकका विभिन्न नाकामा ओली सरकारका प्रहरीहरुले प्रतिव्यक्ति ५०००। सलामी लिएर भारतीय कोरोना भित्र्याएर मुलुकमा महामारी फैँलिन व्यापक सहयोग पुर्‍याएको कुरा पनि चर्चामा आइसकेको छ । वर्तमान सरकारले देश र जनताप्रति कतिसम्म जिम्मेवारीका साथ शासन सन्चालन गर्दै छ भन्ने कुराको यो पनि एउटा गतिलै उदाहरण हुन सक्छ ।


पहिलेका शासकहरु राष्टका नाममा सम्बोधन गर्दा अन्तमा “पशुपतिनाथले हामी सवैको रक्षा गरुन्” भन्थे । “हामी रक्षा गर्छौं, हाम्रो सरकारले रक्षा गर्छ त ती पनि भन्थेनन् ।” देश र जनताको रक्षा गर्ने प्रतिवद्धतामा ती पनि थिएनन् । पहिलेका शासकहरु साँच्चिकै इश्वरवादी थिए थिएनन् त्यो त हामी जनतालाई थाहा थिएन । आफ्नो दायित्व ईश्वरतिर पन्छनाउन भने तिनीहरु कहिल्यै पछि पर्थेनन् ।  अहिलेका शासकहरु पनि आपूm देश र जनताको हित रक्षामा अग्रसर त छैनन्, छँदैछैनन् । पशुपतिनाथले हामी सवैको रक्षा गरुन् भन्नेसम्मको  आँट पनि गर्दैनन् । अहिलेका शासकहरु ईश्वरवादी छैनन्, निक्खरा भौतिकवादी जनवादी छन् र नै भगवान् राम तिम्रा देशमा होइन हाम्रो देशमा जन्मेका हुन् भनेर छिमेकीसँग भनाभन गर्छन् । मुलुकमा मेसो मिलाएर आयात गरेको कोरोना महामारीलाई छाडा छोडेर भगवान् रामको खोजीमा माडीतिर उत्खनन गर्न अग्रसर हुन्छन् ।

पहिलेका शासकहरु जनजीवनमा रोपण गर्न आफ्ना नर्सरीमा स्वर्ग र नरकका कथा पाल्थे । अहिलेका शासकहरु पनि पाल्न त त्यही कथा पाल्छन्  तर ‘सत्तासीनहरुको स्वर्ग’ नभनेर यिनीहरु ‘देश र जनताको सुखसमृद्धि’ भन्छन् । अहिलेका शासकहरु अझ निर्बाङ्ग नांङ्गो भएर भूmट बोल्छन् । पहिलेका र अहिलेका शासकका कुरा सारमा एउटै हो । शासनमा अनुहार बदलिएको छ, शासनशैली र प्रवृत्ति बदलिएको छैन । यी यस्ता  सत्तासीनहरुको स्वर्ग तथा सुख समृद्धिले जनताका भागमा त दुःख पीडा र यातनाका अनेकौं नरककै सृष्टि गर्ने हो । पहिलेकाले गरे । अहिलेकाले पनि गरिआएकै छन् ।

अहिले सत्तासीनहरुको सुखस्वर्गको भोगचलनमा रहेको रातदिनको आत्तुरी र व्यस्तताकै कारण मुलुकको राजधानी सम्म पनि कारोना महामारी समेत छ्याप्छ्याप्ती फैँलिन आइपुगेको छ । तमाम नेपालीको जीवनलाई थप नरक बनाउँदै छ । सर्सर्ती हेर्दा  विशिष्ट र अनुपम सम्बन्धको महान् छिमेकी मुलुक भारतले कोरोना महामारी पनि विशेष उदारताका साथ पठाएको महसुस हुन्छ । भारतबाट तराइमा र तराइबाट मेचीमहाकालीसम्मका गाउँ गाउँमा फैँलिन आइपुगेको छ कोरोना । कोरोनाको यस आगमन र फैँलावटलाई नेपाल सरकारले विना विमति हार्दिक स्वागत गरिआएको छ ।

भारतबाट नेपालको तराइ हुँदै तराइबाट लगातार रुपमा काठमाडौमा पनि छिरिरहेको छ कोरोना । हामी भारतबाट लगभग दशवटा गाडी फेरेर काठमाडौ आइपुग्यौं भन्दै गफ चुट्नेहरु ठाउँ ठाउँमा सुनिन्छन् । सुनिन्छ, अहिले काठमाडौमा विहारी र बंङ्गाली कामदारहरु पनि भित्रिइसकेका छन् । निर्माण व्यवसायी ती कामदारहरु कामको खोजीमा यत्रतत्र पुगेका सुनिन्छन् । गल्लीगल्ली घरघर पुगेर फलफुल तरकारी बेच्नेहरु पनि कति भारतीयहरु छन् । तिनले कतै कुनै हस्पिटल बा प्रयोगशालामा गएर पीसीआर् टेस्ट गराएका छैनन् । तिनीहरुसँगै कोरोना पनि निर्बाध रुपमा गल्ली गल्लीमा र घर घरमा आइरहेको छ । फैँलिरहेको छ । लाग्छ, विशिष्ट र अनुपम सम्बन्धका वाहनहरु चढेर नेपालको राजधानीमा आइपुगेको कोरोना यहाँको वातावरण अनुकूल पाएर निक्कै मौलाएको छ ।


सुनिन्छ, अहिले काठमाडौमा विहारी र बंङ्गाली कामदारहरु पनि भित्रिइसकेका छन् । निर्माण व्यवसायी ती कामदारहरु कामको खोजीमा यत्रतत्र पुगेका सुनिन्छन् । गल्लीगल्ली घरघर पुगेर फलफुल तरकारी बेच्नेहरु पनि कति भारतीयहरु छन् । तिनले कतै कुनै हस्पिटल बा प्रयोगशालामा गएर पीसीआर् टेस्ट गराएका छैनन् । तिनीहरुसँगै कोरोना पनि निर्बाध रुपमा गल्ली गल्लीमा र घर घरमा आइरहेको छ । फैँलिरहेको छ । लाग्छ, विशिष्ट र अनुपम सम्बन्धका वाहनहरु चढेर नेपालको राजधानीमा आइपुगेको कोरोना यहाँको वातावरण अनुकूल पाएर निक्कै मौलाएको छ ।


हामी जनताका विचारमा यति बेला सरकार, र सरकारी दलका नेता कार्यकर्ताहरु एक ढिक्का भएर कोरोना महामारीका विरुद्ध जनताको सेवामा खटिनु पर्ने हो । यस आपत् विपत्को वेलामा बिचौलियाहरुबाट सावधान रहेर कतै कुनै भ्रष्टाचार हुन नदिई जनतामा राहत र उपचार व्यवस्था पुर्‍याउन सक्नु पर्ने हो  सरकारले । खै त्यस्तो त देख्न पाइएन ।

आम जनता महामारीले लखेटिएका छन् । चौतर्फी अभाव र समस्याहरुबाट  लखेटिएका छन् । सत्तासीन दलका रथी महारथी कामरेडहरु लाल लाल अनुहार बनाएर कुर्सी खोस्ने र जोगाउने खेलमा मरिहत्ते गरिरहेका देखिन्छन् । हामी जनतालाई न ती कुर्सी खोस्न तम्सेकाहरुका मरिहत्तेप्रति सहमति छ न कुर्सी जोगाउन न्वारानदेखिको बलबर्गत खर्च गरिरहेका हरुको धूपधुँवार र धम्यौलप्रति कुनै सहानुभूति छ । जनतालाई त यिनीहरु दुवैथरीको बौद्धिक नैतिक दरिद्रता देखेर टीठ लागेको छ । निर्वस्त्रता र नग्नता देखेर टीठ लागेको छ । यस्तो बेलाको यो  राजनीतिक अश्लीलताको श्रव्यदृश्य त समग्र नेपाल र नेपालीकै बेइज्जत पो हो त । कन्धनी कसेर कुर्सी खोसाखोसमा लाग्दा कसेको त्यो कन्धनी नै चुँडिएर नांगो हुँदाको लाजमर्नु अवस्थाको बोधसम्म पनि गर्न नसक्ने नेता छानेर पठाउने हामी जनता पनि कस्ता जनता ? यो त जगहँसाइ नै भएन र ? हामी जनतालाई पनि लाग्नसम्मै लाज लागेको छ ।

०५०।५१तिरको ९महिने शासन कालमा तत्कालीन ‘कम्युनिष्ट’ सरकारले ‘आफ्नो गाउँ आफैँ बनाउँ’ भन्ने विकासे कार्यक्रम ल्याएको थियो । त्यो कार्यक्रम राम्रै लागेर मैले त्यसको सराहनामा एउटा लेखै पिनि लेखेको थिएँ । धेरैको प्रशंसा पाएको थियो त्यति वेलाको त्यस कार्यक्रमले । अहिले तिनै ‘कम्युनिष्ट’हरुको ५ वर्षे जनादेशप्राप्त सरकारले हामी  नेपाली जनतालाई भयङ्कर महामारी र अभावग्रस्तताबाट जिम्मेवारीपूर्ण ढङ्गमा बचाउनतिर नलागी आफू पानीमाथिको ओभानो बन्दै जनतालाई चाहिँ ‘आफ्नो ज्यान आफैँ जोगाउ’ को अघोषित कार्यक्रम दिएको अनुभूत भएको छ  । देश र जनतामाथिको यो भयङ्कर विश्वासघात हो र असह्यपीडादान हो ।  सरकारको यो यस्तो गैह्र जिम्मेदार गतिविधिको जति निन्दा गरे पनि कम हुन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.