शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीमा संक्रमण : कपिलवस्तु अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

आज दिउँसो बैठक बसेर थप निर्णय गर्ने प्रशासनको तयारी
सोमबार, २६ साउन २०७७, ०९ : २५
सोमबार, २६ साउन २०७७

बुटवल । कपलवस्तुमा पछिल्ला दिनमास्वास्थ्यकर्मीहरु पनि संक्रमण पुष्टि भएपछि स्थानीय प्रशसानले थप कडाइ गर्ने तयारी गरेको छ । कोराना संक्रमण थप नफैलाउने उद्देश्यले आज थप कडाइको निर्णय गर्न बैठक बोलाएको प्रमुख जिल्ला अधिकारी दीघनारायाण पौड्यालले बताए ।

उनले कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको बताए । अस्पतालका विभिन्न वार्डमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि आउने बिरामी र सर्वसाधारणमा संक्रमण नफैलियोस् भनेर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको अस्पतालका सुपरिन्टेन्डेन्ट डा किशोर बन्जाडेले बताए ।

साउन २५ गते अस्पतालका फाँट प्रमुख, चिकित्सकहरु र सरोकारवालाको आन्तरिक बैठकको निर्णय अनुसार सेवाग्राहीलाई संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वाब संकलन गरी रिर्पोट नआएसम्मका लागि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो । कपिलवस्तु अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मी अहिलेसम्म संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वाब संकलन गर्दै आएका अस्पतालमा कार्यरत ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन् । उनी अहिले आइसोलेसनमा रहेका छन् ।

हिजो कोरोनासंक्रमण पुष्टि भएका अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाँटमा कार्यरत कर्मचारी, ऐक्स–रे र ओपीडीमा काम गर्ने कर्मचारी रहेका छन्। जसबा थप त्रसित बनेका हुन् । कपिलवस्तुमा शुरुमा कोरोना संक्रमण दर उच्च भए पनि नियन्त्रणमा आएको थियो । तर, केही हप्ता यता फेरि कोरोना समुदायमा देखीएपछि थप सर्तकर्ता अपनाउन परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप