शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’

सोमबार, २६ साउन २०७७, १३ : २१
सोमबार, २६ साउन २०७७

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउनदेखि सुरु हुनेगरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ । 

यो योजना सुजुकीका सबै स्मार्ट हाइब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल६ सुजुकीका स्मार्ट हाइब्रिड गाडी हुन् । यो योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस पाउनेछन् । 

कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआइसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्यूनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ । 

यो योजना ३२ साउनसम्म (७ दिन)का लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप