शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्जमा डाक्टर, प्रहरी र थुनुवासहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, २६ साउन २०७७, २३ : ३१
सोमबार, २६ साउन २०७७

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा डाक्टर, प्रहरी र थुनुवासहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ४९ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा ३ वर्षकी बालिकादेखि ८६ वर्ष बृद्ध पुरुष समेत रहेका छन् । 

उपाध्यायकाअनुसार शनिबार बेलुकी प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा नेशनल मेडिकल कलेजका ३० र ३१ वर्षका २ जना डाक्टर र एक जना २३  वर्षका पुरुष रहेका छन् । त्यस्तै संक्रमित हुनेहरुमा वडाप्रहरी कार्यालय विर्ताका ३ जना प्रहरी, वडा प्रहरी कार्यायल विर्ताकै थुनुवा कक्षमा रहेका १ महिलासहित ५ जना रहेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४१ वर्षीय १ पुरुष (प्रहरी), कृषी सामाग्री वीरगन्जका ५५ वर्षीय १ जना पुरुष (कर्मचारी), नारायणी अस्पतालका ३ पुरुष र १ महिला कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३ जनामा समेत संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए । 

त्यसैगरी वीरगञ्ज महानगरपालिकाकामा कार्यरत १ महिला कर्मचारी, वीरगन्ज महानगरपालिकाका वडा नम्बर १ छपकैयाका ३ महिला र २ पुरुष, वडा नम्बर ४ बिर्ताका २ महिला र ८ पुरुष, वडा नम्बर ६ माइस्थानका १ महिला र ३ पुरुष, वडा नम्बर १० आदर्शनगरका २ महिला र २ पुरुष, वडा नम्बर १६ का ३ जना,  वडा नम्बर १५ का ४ जना, वडा नम्बर ८,१२, १३, १४ र १९ का २÷२ जना, वडा नम्बर २, ३ र ७ का १÷१ जना रहेका छन् । 

धोबिनी गाँउपालिका वडा नम्बर ३ निवासी ३३ वर्षीय १  पुरुष, जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ निवासी ३ वर्षकी १ बालिका र ३० वर्षकी १ महिला रहेका छन् भने बारा जिल्ला जितपुर सिमराका ४५ वर्षका १ पुरुष, बारा जिल्ला गौरीशंकर कैम्प निजगढका ३० वर्षीय १ सशस्त्र प्रहरी र बाराकै २६ वर्षीय १ पुरुषमा संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।

 साउन २३ गतेदेखि २६ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ७० जना संक्रमण पुष्टि भएको अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप