शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेरुत विष्फोटको असरः लगातार ३ मन्त्रीद्वारा राजीनामा

सोमबार, २६ साउन २०७७, २३ : ५१
सोमबार, २६ साउन २०७७

एजेन्सी । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएकी छिन् । । उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाएको लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ ।  यसअघि सञ्चारमन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा बुझाएका थिए ।

बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण उनीहरुले राजीनामा दिएको समाचारमा जनाइएको छ । यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् । 

त्यसैगरी लाखौं बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ ।  बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन् ।  शक्तिशाली विस्फोटनका कारण असुरक्षित महसुस गरेर, घरबार विहिन भएर उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले जनाएका छन् । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो ।

करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट ’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो ।  यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट ’ भण्डारण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप