शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमितको सम्पर्कमा आइहाले गर्ने के ? यस्तो छ ज्ञानमित्रको टिप्स

मङ्गलबार, २७ साउन २०७७, ०५ : ३४
मङ्गलबार, २७ साउन २०७७

विज्ञान र अध्यात्मसम्बन्धी लेखनमा रुची राख्ने लेखक–कवि ज्ञानमित्रले पछिल्ला कालखण्डमा कोरोनासम्बन्धी विषयमा थुप्रै जनोपयोगी लेखरचनाहरु लेख्दै आएका छन् । उनी हालसालैमात्रै कोरोना संक्रमितको सम्पर्कमा आइपछि आफूलाई आइसोलेसनमा राखेका छन् । विश्वमै आतंक र भयको प्रतीक बनिरहेको कोरोनो संक्रमितको सम्पर्कमा आइहालेको स्थितिमा गर्ने के ? यसबारेमा प्रकाश पार्दै उनले आफूले अपनाइरहेको तौरतरिकाहरुबारे यसरी प्रकाश पारेका छन्  :

लेख्दा लेख्दै झर्को लागेर मोबाइलमा लूडो खेलन थाले। यत्तिकैमा सन्देश प्राप्त भयो - 'मेरो त कोरोना रिपोर्ट 'पोजिटिभ' आयो।

सरकारले नै संक्रमितको नाम गोप्य राख्दैछ भने म किन नाम खोलौ ?

म ऊसँग हिजो बिहान २-३ घंटा थिए। उसको सन्देश पाएपछि मैले सबैभन्दा पहिला कंप्यूटरको 'माउस' देखि 'ऐशट्रे' लुगा ,बिस्तर, टेबल, कुर्सी, बिजलीका स्विच, झ्याल- पर्दादेखि सबै फिनायलले 'सेनेटाइज़' गरें। लाएको लुगा, बिहान प्रयोग गरेको टॉवलदेखि सिरानीको खोलसम्म धुन तातोपानीमा हालें। बाथरूममा पसेर पुरै बाथरूमको कुना कुना, पार्ट -पार्ट हार्पिकले सफा गरें। नुहाएँ ,नुहाएपछि आफनै तरीकाले कुंजल गरें।

भनाइको अर्थ मैले आफुलाई 'आइसोलेसन'मा राखें। अब ५-७ दिनसम्म कोठाबाट बाहिर जान्नँ ।मलाई कोरोना संक्रमण भएको छ भने पनि मबाट यो अन्य कसैलाई नसरोस भनी म सचेत छु। अहिले चियाको चुस्कीका साथ यो लेखिरहेको छु। चिया मेरो कोठा बाहिर राखियेर चिया ल्याउने व्यक्ति बाहिर बाटै अर्को फ्लैटमा गयो।

यो मैले नै घरमा बसालेको नियम हो। यो सब म किन लेखिरहेको छु ? कारण स्पष्ट छ -शंका पनि लागेमा सबै जानाले यस्तो सावधानी अपनाउनु परयो। कोरोनासंगको डर होइन ,आफूबाट अन्यमा यो प्रसारित नहोस भन्ने 'प्रिकसन’ हो। पढ़नेले यो बुझ्नु होला, साथै यसलाई शेयर गरेर धेरै भन्दा धेरै व्यक्तिमा पुरयाई दिनुहोला।

मेरो दिनचर्यामा कुनै अन्तर आउँदैन, खानपानमा कुनै अन्तर आउँदैन। चियाको मात्रा बढाउँछु, म सधैं तातोपानी नै सेवन गर्ने मानिस हुँ। आज राति सुत्ने बेलामा २०० एमएल दूधमा आधी चम्मच बेसार हालेर खान्छु। भोलि बिहान विधिवत कुंजल गर्छु। घाँटीमा कुनै समस्या देखिएमा 'इनहालिनेसन' गर्छु।

म 'आरटी पीसीआर टेस्ट' गराउने पक्षमा छैन। स्वयं गराउन्न पनि। अब राज्यले बलजफ्ती गर्यो भने मेरो केही लाग्दैन। सुचना सबैका लागि हो। शंका हुँदैमा परीक्षणका लागि दगुर्नु हुन्न। आफै सजग भएर भाइरसलाइ ठहरै बनाउने काममा लाग्नु पर्छ। किंचित पनि डराउने, आत्तिने काम गर्नु हुन्न।

मसंग हिजो सम्पर्कमा आउनु भएका मित्रहरुले पनि सामान्य 'प्रिकसन' लिदा उत्तम हुनेछ। म तिनको पनि नाम भन्दिनँ, राज्यले नाम लुकाउँछ भने मैले गर्न नहुने हुन्छ र ?

हिजो सम्पर्कमा आउनु भएका साथीहरुलाइ तातोपानी सेवन गर्न, कुंजल गर्न (प्रत्येक दिन ४-५ दिन सम्म ) र कुनै किसिमको लक्षण देखिएमा सिनामंगल स्थित पाथिभरा अस्पतालका डॉ बीपी तिमिल्सिना ज्यूसंग संपर्क गर्न सुझाव प्रेषित गर्दैछु।

बीपी डॉ साहेब, म अहिले तपाईसंग संपर्क गर्न नआएको कारण छ। मलाई थाहा छैन - मलाई संक्रमण भएको छ कि छैन, तर भएको छ भने म यसलाई घाँटीबाट शरीरसम्म लैजान चाहन्छु। संक्रमण अलिकति बढोस्, जसले मेरो शरीरले यस विरुद्ध 'एंटीबड़ी' बनाओस्। 'इम्म्यून सिस्टम' , 'इम्म्यूनोग्लोबिन जी' , 'इम्म्यूनोग्लोबिन एम्' ,'बी सेल्स' ,'टी सेल्स' , 'एनके सेल्स' लगायत 'प्लाज्मा थेरापी' बारे यतिको लेखिएको छ। म 'नेचुरली' नै शरीरमा यी सबै प्रक्रिया संपन्न हुन भन्ने चाहन्छु। पछि गएर ( संक्रमण भएको खण्डमा) शारीरिक रूपमा अशक्त भए भने तपाईंसंग संपर्क गर्न आउँछु। तर मलाई के विश्वास छ भने मानसिक रूपमा दृढ़ता भएको खंडमा शरीरको 'इम्म्यून सिस्टम'ले त्वरित गतिले 'एंटीबड़ी' उत्पादन गरी कोरोनालाइ एक सातामै परास्त गर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप