बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहटको कटहरिया नगरपालिकामा समुदायमा संक्रमण बढ्यो

मङ्गलबार, २७ साउन २०७७, ०६ : ४८
मङ्गलबार, २७ साउन २०७७

रौतहट – रौतहटको सदरमुकाम गौर, राजदेवी नगरपालिकापछि अब कटहरिया बजार पनि कोरोना संक्रमितको ‘हटस्पट’ बनेको छ ।

 सोमबार साँझ आएको रिपोर्टका अनुसार कटहरिया नगरपालिकाको वडा ४ र ५ मा २ जना महिलासहित ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

रिपोर्ट अनुसार कटहरियाको उपप्रमुख नुरजहां खातुनको श्रीमानमा पनि कोरोना पुष्टि भएको छ । 

त्यसैगरी, कटहरिया ४ हर्षाहाका १ जना ६० बर्षिय पुरुषमा र वडा ५ बजारका दुई जना ४५ बर्षिय पुरुष ,२५ बर्षिया महिला १६ बर्षिया महिला  र अन्य २२ देखि २५ बर्षका युवाहरू रहेको कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले जानकारी दिएका छन् । 

संक्रमितहरु मध्ये केहि मावी कटहरिया क्वारेन्टाइन र केहि घरमै रहेका छन् । 

मावी कटहरियामा बिश्व स्वास्थ संगठनले तोकेको मापदण्ड अनुसार आइसोलेसन निर्माण गरेर सबै संक्रमितको उपचार सुरु गरिने मेयर कुश्वाहाले बताए । 

त्यसैगरी संक्रमितको सम्पर्कमा आएकाहरुको आजैदेखि पिसिआर जांचको लागि स्वाब संकलन गरिने जनाइएको छ । 

कटहरियामा एकैपटक ९ जना समुदायका मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक बजारका सबै व्यापार व्यवसाय बन्द गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप