बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमितको संख्या दुई करोड पार, संक्रमणको दरमा २०० गुणा वृद्धि

मङ्गलबार, २७ साउन २०७७, ०७ : ४५
मङ्गलबार, २७ साउन २०७७

कोरोनाभाइरसद्वारा संक्रमितको संख्या दुई करोड पार भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ । यसका साथै विश्वव्यापी रुपमा ७ लाख ३८ हजारको मृत्यु भएको छ ।

संसारकै सर्वाधिक संक्रमित अमेरिकामा छन् जहाँ संक्रमितको संख्या ५२ लाख रहेको छ भने १ लाख ६६ हजार बढीको मृत्यु भइसकेको छ ।

अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म कोरोनाका ३० लाख संक्रमित रहेका छन् भने १ लाख बढीको मृत्यु भइसकेको छ ।

यस्तै गरी, भारतमा २२ लाख बढी संक्रमित छन् । यहाँ ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यस्तै गरी, मात्र ६ हप्ताको अन्तरालमा संक्रमितको संख्यामा दोब्बर वृद्धि भएको छ । यतिमात्रै होइन, मार्च महिनाको मध्यपछि संक्रमणको दरमा २ सय बढीले वृद्धि भएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप