शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित बढ्दै

कस्तो छ अन्य प्रदेशको अवस्था ?
मङ्गलबार, २७ साउन २०७७, ०८ : ५६
मङ्गलबार, २७ साउन २०७७

पछिल्लो समय बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित ह्वात्तै बढेको छ ।  बाग्मती प्रदेशकै काठमाडौं उपत्यकामा समयमै संक्रमितको पहिचान गर्न नसकेमा ‘कोरोना हटस्पोट’ बन्न सक्ने खतरा जनस्वास्थ्यविद्ले औंल्याउँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पनि सातवटा प्रदेशमध्ये बाग्मती प्रदेशमा सक्रिय संक्रमितको संख्या उच्च रहेको प्रष्ट पार्छ । ५ सयभन्दा बढी संक्रमित हुने ४ जिल्लामध्ये काठमाडौँ जिल्ला पनि एक हो । काठमाडौं उपत्यकामा सोमबारसम्म संक्रमितको संख्या एक हजार एक सय ८० पुगेको छ । काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९  जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक महिना अघिसम्म कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन । लक्षणसहितका संक्रमित बढ्ेसँगै बाग्मती प्रदेशमा एक हप्तायता डिस्चार्ज हुनेभन्दा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।

बाग्मती प्रदेशमा सोमबारसम्ममा एक हजार २ सय १० जना कोरोना संक्रमितको पहिचान भएको छ भने ६ सय ३ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण १३ जनाको ज्यान गएको छ ।

श्रावण २० गते मंगलबारदेखि २६ गते सोमबारसम्मको विवरणमा बाग्मती प्रदेशमा डिस्चार्ज हुनेको तुलनामा संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

बाग्मती प्रदेशःअन्य प्रदेशको तुलनामा बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित बढ्दा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला उच्च जोखिम रहेको तथ्याङ्कले प्रष्ट्याउँछ । लक्षणविहीन कोरोना संक्रमितभन्दा सक्रिय कोरोना संक्रमितबाट अन्य मानिसलाई संक्रमण सर्ने सम्भावना बढी हुन्छ । लक्षणसहितका सक्रिय कोरोना संक्रमितले धेरैलाई संक्रमण सार्न सक्ने क्षमता राख्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । उच्च जनघनत्व रहेकोे राजधानी काठमाडौँमा सक्रिय संक्रमितको संख्या बढ्दै जानु राम्रो संकेत नभएको जनस्वास्थ्यविद्हरूले बताउन थालेका छन् ।

यस्तै  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भाइरस धेरै ठूला बस्तीमा प्रवेश गर्न सक्ने चेतावनी दिएको छ । कोरोना भाइरस मौसमी भाइरस हो भन्ने कुनै संकेत नमिलेको डब्ल्यूएचओका कोभिड–१९ सम्बन्धी प्राविधिक विभाग प्रमुख डाक्टर मारिया वैन कर्खाेवको भनाइ छ । कोरोना संक्रमणबाट बच्नको लागि अनिवार्य रुपमा सही तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भीडमा ननिस्कन सबैलाई उनको आग्रह छ ।

७ वटै प्रदेशमा यस्तो छ कोरोनाको अवस्था

प्रदेश नम्बर १ मा श्रावण २६ गतेसम्म ५ सय २९ जनामा कोरोनाभाइरसको सक्रिय संक्रमण पाइएको छ । हालसम्म ९ सय ४७ जना  निको भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ ।   

एक हप्ता यताको विवरण

प्रदेश नम्बर १

प्रदेश नम्बर २  मा श्रावण २६ गतेसम्म ३ हजार १ सय ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यस प्रदेशमा हालसम्म ३३ हजार १ सय ५७ जना  डिस्चार्ज भएर घर फर्किएका छन् भने ३३ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

प्रदेश नम्बर २ :

गण्डकी प्रदेशमा श्रावण २६ गतेसम्म २ सय ३३ जनामा कोरोना भाइरस सक्रिय संक्रमणकोे पुष्टि भएको छ । हालसम्म  १ हजार ४ सय ६५  जना  निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणको कारण ६ जनाको मृत्यु भएको छ ।  

 गण्डकी प्रदेशः

 प्रदेश नम्बर ५ मा श्रावण २६ गतेसम्म ५ सय ४३ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । हालसम्म  ४ हजार १ सय ८१ जना डिस्चार्ज भएका छन् भने ११ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।  

  प्रदेश नम्बर ५ः

कर्णाली प्रदेशमा श्रावण २६ गतेसम्म १ सय ८४ जनामा कोरोना भाइरस सक्रिय संक्रमित फेला परेका छन् ।  हालसम्म १ हजार ९ सय जना डिस्चार्ज भएका छन् भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

कर्णाली प्रदेशः

सुदूरपश्चिम प्रदेशमा श्रावण २६ गतेसम्म कोरोना भाइरसका संक्रमितको संख्या ८ सय ९५ जना पुगेको छ । हालसम्म ४ हजार ४० जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।  

सुदूरपश्चिम प्रदेशः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप