खेमनाथको ‘यात्राको सिकर्नी’ सार्वजनिक
काठमाडौं । साहित्यकार खेमनाथ दाहालको कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत थुप्रै कृति बाहिर ल्याएका दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ उषा दाहालको प्रकाशनमा आवरण, आकृति र वर्णविन्यास रमेश दाहालले गरेका हुन् ।
यस कृति भित्र काठमाडौंदेखि क्वालालम्पुरसम्म, राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म, गेन्टिङ्ग हाइट्सदेखि चेन सी टेम्पलसम्म, बटु गुफाको सेरोफेरो, पेट्रोनास टार्वसलाई नियाल्दा, सिङ्गापुर यात्रा, पुत्राजयमा नेपालको झन्डा, मानार्थ राजदूत टेरी टिओको डार्कमा, राजकुमारको निम्तोमा, राजदूतावासको सेरोफेरो, भूगोल र इतिहास, मलेसियाको अर्थतन्त्र र दक्षिण पूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्ध जस्ता १४ ओटा नियात्रा समावेश गरिएको छ ।
प्रस्तुत कृतिमा दाहालले काठमाडौंदेखि क्वालालम्पुरसम्म प्रारम्भ गरी दक्षिणपूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्धका कुरा समेटिएका छन् ।
मलेसिया र सिङ्गापुरका महत्वपूर्ण स्थानहरुको यात्राका क्रममा प्राप्त भएका सामाग्रीलाई प्रस्तुत गरिएको छ । प्रस्तुत कृति एउटा नियात्रासङ्ग्र्रहमात्र नभएर सिङ्गापुर मलेसिया र नेपालकै विषयमा पनि एउटा ऐतिहासिक दस्तावेज रहेको छ ।
‘आफू कविता विधामा रमाउने मान्छे, यात्राका क्रममा जहाँ जहाँ पुगेँ त्यहाँ त्यहाँ मैले विविध रुपमा नेपालका विम्ब देखेँ, आमाका सन्देशहरु भेटेँ र यहाँ प्रस्तुत गरे’ खेमनाथले भने ।
दाहलका यसअघि ‘श्रद्धाञ्जली’ कवितासङ्ग्रह, ‘रश्मि’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारी’ कवितासङ्ग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासङ्ग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा