जनरल इन्सोरेन्सको प्रिमियम भुक्तानी आइएमई पेका एजेन्ट पार्टनरबाट गर्न सकिने
मङ्गलबार, २७ साउन २०७७, १५ : १९
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्ने छन् ।
झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके