शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामवृक्ष यादव स्मृति दिवस मनाउने नेकपाको तयारी

मङ्गलबार, २७ साउन २०७७, १९ : ४३
मङ्गलबार, २७ साउन २०७७

जनकपुर । हरेक वर्षझैं शहिद रामवृक्ष यादवको स्मृति स्वरुप मनाइदैँ आएको रामवृक्ष यादव दिवस यस वर्ष नेकपाले फरक शैलीमा मनाउने भएको छ ।  कोरोना महामारी र प्रदेश नम्बर २ का प्रायः सबै जिल्लामा निषेधाज्ञाको स्थिति रहेकाले विगत झैँ भव्यतापूर्वक कार्यक्रम नमिल्ने भन्दै नेकपा प्रदेश कमिटीले यसवर्ष हरेक पालिकामा विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको हो ।

मंगलबार नेकपा प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलद्वारा संयूक्त हस्ताक्षरित विज्ञप्ति अनुसार शहिद रामवृक्ष स्मृति दिवस भदौँ २ गते हरेक पालिकामा वृक्षारोपण गर्ने, सम्पूर्ण पार्टी कार्यालयहरुमा रामवृक्ष यादवको फोटो राखि माल्यार्पण गर्ने र सामाजिक सञ्जालमार्फत व्यक्तित्व र योगदानबारे भिडियो कन्फेरेन्स गरेर मनाउने जनाएको छ ।

भाद्र २ गते हुने कार्यक्रमका लागि स्थानीय प्रशासनको समन्वयमा प्रभावकारी ढंगले गर्न गराउन सबैमा जानकारी समेत सो विज्ञप्तिमार्फत गरेको छ । रामवृक्ष यादव तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता हुन् । उनलाई जनयूद्ध आरम्भताका नै तत्कालिन शाही सेना र प्रहरीले योजनाबद्ध ढंगले हत्या गरेको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप