शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु

मङ्गलबार, २७ साउन २०७७, २२ : १६
मङ्गलबार, २७ साउन २०७७

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले  प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

भेरी अस्पतालमा भर्ना भएकी रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो । सो  महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्म दिएकी थिइन् । मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शिशुको मृत्यु भएको र आमाबुुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप