केन्द्रीय संस्करण

ईयूले दक्षिण एशियामा बाढी पीडितका लागि  १६ लाख ५० हजार यूरो  सहयोग गर्ने

person explore access_timeसाउन २७, २०७७ chat_bubble_outline0

एजेन्सी । यूरोपियन युनियन (ईयू) ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पु¥याउनका लागि १६ लाख ५० हजार यूरो प्रदान गर्ने बताएको छ । मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बङ्गलादेश र भारतमा प्रयोग हुने ईयूले जनाएको छ । 

इयूले मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने चक्रवात एम्फान लगायतका प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोग पु¥याउन यस बर्षको शुरुमा घोषणा गरिएको १८ लाख यूरोसहित इयूले दक्षिण एशियाली राष्ट्रका प्रकोप पीडितलाई कूल ३४ लाख ५० हजार यूरो उपलब्ध गराएको छ ।

विज्ञप्तिमा दक्षिण एशियामा यसवर्ष बाढीले करिब १ एक करोड ७५ लाख व्यक्तिलाई घरविहीन बनाएको छ भने उनीहरूले ठूलो मात्रामा चौपाया तथा खेतीजन्य भूमिको विनास गरेको छ । बाढी तथा आँधीका कारण सडक, अस्पताल र विद्यालयलगायत महत्वपूर्ण पूर्वाधारहरूमा पनि व्यापक क्षति पुगेको छ । 

“दक्षिण एशियामा मनसुनको वर्षा यस वर्ष विशेष गरी विनाशकारी भएको छ र यो अत्यावश्यक योगदानले हाम्रा साझेदार मुलुकमा आश्रय, सम्पत्ति र जीविकाको स्रोत गुमाएकाहरूलाई महत्वपूर्ण मानवीयस हयोग पु¥याउने विश्वास ईयूले लिएको छ,” एशिया तथा प्रशान्त क्षेत्रका लागि ईयू पर्यवेक्षक ताहीनी थम्मनगोदाले भने ।

“सबैभन्दा बढी प्रभावित देशहरूमा ध्यान केन्द्रित गर्दै, हामी मानिसहरूलाई यस कठिन समयबाट बाँच्नका लागि साधनहरू प्रदान गर्दैछौं ताकि उनीहरू सकेसम्म चाँडो आत्म निर्भर बन्न सकून्,” ताहीनी थम्मनगोदाले भने । 

कूल रकममध्ये १० लाख यूरो बङ्गलादेशमा अत्यावश्यक मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न समर्पित हुनेछ, जहाँ २० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोग, पानी, सरसफाइ, र आपतकालिन आश्रय चाहिएको छ । 

भारतमा खाद्यान्न तथा अन्य मानवीय सहायताका लागि अर्को पाँच लाख प्रयोग गरिनेछ । “प्राकृतिक प्रकोपबाट प्रभावित नेपाललाई खानेपानी तथा सरसफाई, आश्रयस्थल र अत्यावश्यक आधारभूत वस्तुहरूको आवश्यकताको समाधान गर्न प्रयोग गर्न १५ लाख यूरो प्रदान गरिने पनि उनले बताए ।  यूरोपले प्राकृतिक प्रकोपबाट एक लाखभन्दा बढी प्रभावित हुने मुलुकमा मानवीय सहयोगका उक्त शीर्षक अन्तर्गत सहयोग गर्ने गर्छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.