सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
मङ्गलबार, २७ साउन २०७७, २२ : ५५
सप्तरी । सप्तरीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मङ्गलबार राती डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ बस्ने ८० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा पुर्याउने क्रममा ती वृद्धको मृत्यु भएको कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए । ४ दिन पहिले ज्वरो आएपछि चिकित्सककहाँ उपचार गराउन आएका ती पुरुषको परीक्षणका लागि स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएको थियो ।
संक्रमितलाई एम्बुलेन्समा आइसोलेसन लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह