बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतको निशानामा आइन् दीपिका पादुकोण, रणबीरलाई लगाइन् यस्तो आरोप

बुधबार, २८ साउन २०७७, ०९ : ३५
बुधबार, २८ साउन २०७७

नायिका कंगना रनौत आजकाल आफ्नो फिल्मका लागि नभई आफ्नो तिखो बयानका कारण चर्चामा छिन् । सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार कंगना बी टाउनका दिग्गजमाथि आफ्नो बयानमार्फत् हमला गरिरहेकी छिन् । अब कंगना रनौतले नायक रणबीर कपुर र नायिका दीपिका पादुकोणको निशानामा पारेका छिन् ।

कंगना रनौतको टिमको ट्वीटरमा एक बयान सेयर गर्दै रणबीर कपुर र दीपिका पादुकोणविरुद्ध यस्तो लेखेकी छिन् जुन पढ्दा तपाईं पनि अचम्ममा परिरहनुभएको छ । कंगनाले रणबीर कपुरलाई ‘स्कर्ट चेजर’ बताएकी छिन् जबकी दीपिका पादुकोणलाई ‘साइको’ बताएकी छिन् ।

वास्तवमा कंगनाको समूहले यो ट्वीट एक प्रयोगकर्तालाई जवाफ दिँदै लेखेकी हुन् । कंगना रनौतको टीमले लेखेको छ, ‘रणबीर कपुर एक सिरियल स्कर्ट चेजर हुन् तर कसैले पनि उनलाई बलात्कारी भन्दैन । दीपिका मानसिक रोगी हुन् तर कसैले उनलाई साइको वा बोक्सी भन्दैन । यस्तो नाम त सामान्य बाहिरी व्यक्तिका लागि आरक्षित छ जो सानो शहर र विनम्र परिवारबाट आएका हुन्छन् ।’

केही दिन अघि कंगनाले एक बयानमा भनेकी थिइन्, ‘यदि म आफ्नो घरमा झुण्डिएको अवस्थामा भेटिएँ भने बुझ्नुहोस् कि मैले आत्महत्या गरेकी होइन ।’ उनको यो बयानले सनसनी मच्चाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप