शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी ६ कारणले जो सुकैलाई हुनसक्छ फोक्सोको क्यान्सर, थाहा पाउनुहोस् लक्षण र रोकथाम

बुधबार, २८ साउन २०७७, १४ : ०९
बुधबार, २८ साउन २०७७

बलिउड अभिनेता सञ्जय दत्त फोक्सोको क्यान्सरसँग जुधिरहेका छन् । उनलाई थर्ड स्टेजको एड्भान्स क्यान्सर छ । रिपोर्टका अनुसार सञ्जय उपचारका लागि अमेरिका जानसक्छन् । फोक्सोको क्यान्सर एक निकै खतरनाक हो जसका कारण हरेक वर्ष संसारका लाखौं मानिसहरुको मृत्यु हुनेगर्छ । यो रोगको लक्षण, कारण र रोकथामबारे जानकारी लिऔं ।

मानिसको छातीमा भएको फोक्सोले अक्सिजन लिने र कार्बन डाइअक्साइड फ्याँक्ने काम गर्छ । मायोक्लिनिकको एक रिपोर्ट अनुसार धुम्रपान गर्दा फोक्साको क्यान्सरको खतरा अत्यधिक बढ्ने गर्छ । यद्यपि, यो रोग ती व्यक्तिलाई पनि लाग्न सक्छ जसले आफ्नो जीवनकालमा कहिले पनि धुम्रपान गरेका छैनन् । फोक्सोको क्यान्सरको खतरा तपाईंले कति समयसम्म धुम्रपान गर्नुभयो भन्ने कुरामा निर्भर हुन्छ ।

फोक्सोमा क्यान्सरको लक्षणः

फोक्सोमा क्यान्सरको लक्षण वा संकेत सुरुवाती चरणमा पत्ता लाग्दैन । दुर्भाग्यवश्, यसको लक्षण वा संकेत रोगको एडभान्स स्टेजमा पुगेपछि मात्रै देखिने गर्छ । कहिले निको नहुने खोकी, खकारमा रगत, सास फर्ने समस्या, छातीमा समस्या, घाँटी बस्नु, तौल घट्नु, हड्डी दुख्नु र टाउको दुख्नु पनि यसको प्रमुख लक्षण हुनसक्छ ।

कहिले लिने डाक्टरको सल्लाह ?

फोक्सोसँग सम्बन्धित कुनै पनि समस्या देख्ने बित्तिकै तपाईंले डाक्टरको सल्लाह लिनुपर्छ । यदि तपाईं धुम्रपान गर्नुहुन्छ र त्यो छोड्न सकिरहनुभएको छैन भने पनि तपाईंले डाक्टरलाई भेट्नुपर्छ । यस्तो बानी छुटाउन तपाईंले डाक्टरले सहयोग गर्न सक्छन् । तपाईंलाई डाक्टरले काउन्सिलिङ, मेडिकेशन र निकोटिनको रिप्लेसमेन्ट प्रोडक्टबारे जानकारी दिन सक्नेछन् ।

फोक्सोको क्यान्सरको कारणः

मुख्य रुपमा धुम्रपान गर्नाले नै फोक्सोको क्यान्सर हुने गर्दछ । धुम्रपान गर्ने र यसको धुँवाको सम्पर्कमा आएका व्यक्ति पनि यो रोगको शिकार हुनसक्छन् ।

धुम्रपानले कुन हुन्छ क्यान्सर ?

डाक्टरको मान्यता अनुसार धुम्रपानले फोक्सोको कोसिकामा क्षती पुर्याएर क्यान्सरको खतरा पैदा गर्छ । जब तपाईं चुरोट पिउनुहुन्छ तब ‘कार्सिनोजेन्स’ नामको पदार्थ फोक्सोको तन्तुलाई तीब्र रुपमा परिवर्तन गर्न सुरु गर्छ । सुरुमा तपाईंको शरीरले यो क्षती परिपूर्ती गर्नसक्छ तर पटक–पटक धुँवाको सम्पर्कमा आएपछि फोक्साको कोसिकामा अत्यधिक क्षती हुन पुग्छ । त्यसपछि कोसिकाले असामान्य रुपमा काम गर्न थालेपछि क्यान्सर हुनेगर्छ ।

फोक्सोको क्यान्सरको कति प्रकार ?

डाक्टरले फोक्सोका क्यान्सलाई दुई ठूलो भागमा विभाजन गरेका छन् । ‘स्मल सेल लङ्ग क्यान्सर’ र ‘नन स्मल सेल लङ्ग क्यान्सर’ । यसको आधारमा नै डाक्टरले तपाईंलाई कस्तो प्रकारको उपचारको आवश्यकता छ भनेर निश्चित गर्छन् ।

फोक्सोको क्यान्सरका ६ ठूला कारणः

धुम्रपान गर्दा वा धुम्रपानका बेला निस्किने धुँवाको सम्पर्कमा आउँदा बाहेक फोक्सोको क्यान्सर हुने अन्य कारण पनि छन् जस्तै, यदि तपाईंले छातीको रेडियशन थेरापी गराउनुभएको छ भने फोक्साको क्यान्सर हुने खतरा बढ्न सक्छ । रेडन ग्यासको सम्पर्कमा आउँदा पनि यो क्यान्सर हुनसक्छ ।

यसबाहेक आर्सेनिक, क्रोमियम र निकेलजस्ता केमिकल एलिमेन्टको सम्पर्कमा आउँदा पनि तपाईं यसको शिकार हुन सक्नुहुन्छ । तसर्थ, तपाईंको घर कुन ठाउँमा छ र तपाईं आफ्नो धेरैजसो समय कस्तो स्थानमा बिताउनु हुन्छ भन्ने कुराले पनि महत्व राख्छ । थुप्रै स्थितीमा त फोक्सोको क्यान्सर परिवारको हेल्थ हिस्ट्रिमा पनि निर्भर हुन्छ ।

उपचार र रोकथामः

फोक्सोको क्यान्सरबाट छुटकार पाउनका लागि डाक्टरले थुप्रै सल्लाह दिने गर्छन् । धुम्रपानको त्याग, धुम्रपानको सम्पर्कमा आउन बाट बच्नु, हार्ड रेडन इलाकाबाट टाढा बस्नु, कार्यस्थलमा कार्सिनोजेन्सजस्ता विषालु रसायनबाट टाढा रहनु । खानामा फल र हरियो सागसब्जी समावेश गर्नु । नियमित व्यायामले फोक्सोको क्यान्सरलाई रोक्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप