शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा थप १ कोरोना संक्रमितको मृत्युु

बुधबार, २८ साउन २०७७, १५ : ००
बुधबार, २८ साउन २०७७

जनकपुर । महोत्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।  बुधबार मठिहानी नगरपालिका वार्ड नम्बर ६ बस्ने एक जना ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह र फोक्सोका रोगी रहेका उक्त पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो । 

उपचारकै क्रममा उनको स्वाब लिइ परीक्षणको लागि प्रयोगशालामा पठाएको थियो । हिजो मङ्गलबार महोत्तरीमा ११ जना संक्रमीत मध्य उनिमा समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यता, मृतकको दाहासंस्कारमा गएका करिब ५० जनाभन्दा बढी व्यक्तिहरुलाई होम क्वारेन्टीनमा बस्न मटिहानी पालिकाले आग्रह गरेको छ भने मठिहानीको बजार क्षेत्र र वार्ड नम्बर ६ मा पुर्ण रुपेण सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।  यससङ्गै महोत्तरीमा मृतकको संख्या २ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप