मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनोट खेल स्थगित

बुधबार, २८ साउन २०७७, १६ : १९
बुधबार, २८ साउन २०७७

कतार विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु फेरि स्थगित भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइट मार्फत जानकारी दिएको छ । 

एसियाली मुलक र विश्वभरी फैलिएको कोरोना भाइरस महामारीलाई कारण देखाउँदै एएफसीले अक्टोबर र नोभेम्बरमा तय गरेका छनोट खेलहरु स्थगित गरेको जनाएको छ । एएफसीले २०२१ सम्मका लागि स्थगित गरेको जनाए पनि नयाँ मिति भने तोकेको छैन । कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले सूचना मार्फत जानकारी दिएको छ ।

२०२२ कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कप छनोट खेल अन्तर्गत नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ । असोज र कात्तिकमा नेपालले तीन घरेलु खेल खेल्ने तालिका रहेको थियो । 
यो निर्णयसँगै नेपालको खेल पनि स्थगित भएको छ । नेपालले असोज २२ गते चाईनिज ताईपेइसँग र ५ दिनपछि अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो । यस्तै कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका सार्वजनिक भएको थियो ।

यही खेललाई भनेर नेपालले भदौ पहिलो साताबाट अभ्यास थाल्ने तयारी गरिरहेको थियो । त्यसका लागि ३४ खेलाडीको सोमबार र मंगलबार सहभागि हुने खेलाडीको पिसिआर परिक्षणका लागि ललितपुर स्थित पाटन अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप