बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘सडक २’ सञ्जय दत्तको एक्सन अवतार

बुधबार, २८ साउन २०७७, १६ : २६
बुधबार, २८ साउन २०७७

मुम्बई । निर्देशक महेश भट्ट फिल्म ‘सडक २’ सोशल मिडिया रिलिज गर्ने तरखरमा छन् । फिल्मको ट्रेलर समेत रिलिज गरिएको छ ।  ट्रेलरमा संजय दत्तकी पत्नी पूजा भट्टको निधन भैसकेको छ । पूजाको मृत्यपछि संजयको साथमा जिन्दगी जिउनुको खास कारण पनि रहेन । उनी आफ्नो बचेको जिन्दगी पूजाको यादमा बिताइरहेका छन् । यो अवस्थामा फिल्ममा आलियाको प्रवेश हुन्छ । आलिया जो आफु फेक गुरुहरुको भन्डाफोर चाहान्छिन् । उनी कैलास जान चाहान्छिन् । 

पूजा भट्टले आलियाको कैलाश यात्राको बुकिङ समेत गरेकी थिइन् । तर, पूजा नभएको कारण संजयले बिजनेस समेत बन्द गरेका छन् । फिल्म कहानीमा ट्वीस्ट तब आउँछ जब सञ्जय आलियालाई कैलाश पुर्याउन तयार हुन्छन् । फिल्ममा आलियाको प्रेमिको भूमिका आदित्य राय कपुरले निर्वाह गरेका छन् । फिल्म कथा अगाडि बढ्दै जाँदा आलियाको जीवनमा खतरा पैदा हुन्छ । सञ्जय आलियाको जीवन बचाउने जिम्मा उठाउँछन् ।  यसपछि सञ्जय दत्तको एक्सन अवसर देख्न सकिन्छ ।

ट्रेलरलाई सर्वसाधारणले खासै रेस्पोन्स दिएका छैनन् । फिल्मको कहानी पनि तानतुन बताइएको छ । फिल्ममा आलिया भट्ट, सञ्जय दत्त, आदित्य रायकपुरको मुख्य भूमिका रहेको छ । डिज्नी प्लस हटस्टारमा २८ अगस्ट रिलिज हुने फिल्म । फिल्ममा जिशु सेनगुप्ता, मकरंद देशपाण्डे, गुलशन ग्रोवर, प्रियंका बोस, मोहन कपुर र अक्षय आनन्द समेतको अभिनय देख्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप