शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईबाट १३ हजार ७ सय ८५ नेपाली स्वदेश फर्किए

बुधबार, २८ साउन २०७७, १६ : ३४
बुधबार, २८ साउन २०७७

युएई । कोरोनाका कारण युएईमा समस्यामा परेकामध्ये १३ हजार ७ सय ८५ जना नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ८२ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्। विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबैभन्दा धेरै संख्या हो।

कोरोना भाइरस (कोभिड(१९) कारण विदेशमा अलपत्र परेका  नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो ।

गत जुन १९ देखि अगष्ट ११ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज, एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडानमार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु स्वदेश फर्केका हुन्।

यस अघिनै युएईस्थित नेपाली दूतावासले नेपाल फर्कने ३८ हजार ९ सय ९१ जनाको एकीकृत नामावली सार्वजनिक गरेको थियो।पिडितहरुले नेपाल फर्कन भरेका फारम अनुसार दूतावासले गत जुलाई १० सम्मको नामावाली सार्वजनिक गरेको थियो।

दूतावासका अनुसार गत २८ अप्रिलदेखि खुल्ला गरिएको नेपालीहरुको विवरण संकलन फारम अगष्ट ११ सम्म ४२ हजार जना नेपालीहरुले भरेका जनाएको छ,तीमध्य ५ हजार जनाले फोन मार्फत नाम टिपाएर र दूतावासमानै उपस्थित भई फारम भरेका थिए।

त्यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो। दूतावासले ४ सय १० जनालाई पहिलो प्राथममिकतामा राखेर १४ हजार १ सय १० जनाको नामावली सार्वजनिक गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप