शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा १३८ जना संक्रमित थपिए

बुधबार, २८ साउन २०७७, १६ : ३९
बुधबार, २८ साउन २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी  १०९ जना काठमाडौंका रहेका छन् । 
यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए । यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु  हुनेको संख्या ९१ रहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप