केन्द्रीय संस्करण

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

person explore access_timeसाउन २८, २०७७ chat_bubble_outline0

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र बाँकी पुरुष छन् ।

कोरोनाको कारण मृत्यु भएका ३६ जनासहित ६९ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ ।  शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४१ जनामध्ये २६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ ।

४ जनाको शव नेपाल फर्काउने तयारी छ भने ११ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको दूतावासको भनाई छ । हवाई उडान समयमा नहुँदा युएईमा ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन ।

शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गरेको थियो । सन २०१९ को एक वर्षको अवधिमा युएईमा जम्मा १ सय ५  जनाको मृत्यु भएको थियो भने सन २०१८ वर्षभरिको अवधिमा १ सय ३ जनाको मृत्यु भएको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.