बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कोरोना संक्रमित थपिँदै

बुधबार, २८ साउन २०७७, १८ : ५१
बुधबार, २८ साउन २०७७

रौतहट । रौतहटमा पछिल्लो केहि दिनदेखि कोरोना भाइरस संक्रमनको संख्या थपिँदै गएको छ ।

जिल्लामा स्वास्थकर्मी, शिक्षक, जनप्रतिनिधि, व्यापारी, विद्यार्थी गरि कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । बुधबार आएको रिपोर्ट अनुसार गुजरा नगरपालिका अन्तरगत २ स्वास्थकर्मी र एकजना सफाइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले बताए । 

यसअघि हिजो मंगलबार गरुडा नगरपालिकामा ११ र चन्द्रपुरमा ५ जना , सोमबार कटहरियामा ९ जना,सो अघि राजदेविमा १९ जना गरी बुधबार सांझसम्म जिल्ला भरिमा संक्रमितको संख्या ७६ पुगेको डाक्टर साहले जानकारी दिए ।

संक्रमित मध्ये केहीलाई होम आइसोलेसन,केही गौर स्थित नर्सिङ क्याम्पस , केही चपुर, कटहरिया,र धरहरी पोलिटेक्निकल क्याम्पसमा निर्मित आईसोलेसनमा राखेर उपचार भैरहेको छ ।

संक्रमित सबैजनामा कुनै लक्षण न देखिएको सामान्य अवस्थामा रहेको डाक्टर कृष्ण साहले जानकारी दिएका छन । समुदायमा कोरोना संक्रमित भेटिए संगै संक्रमितको सम्पर्कमा आएका सैयौं मानिसको पिसिआर जांचको लागि स्वाब संकलन भएको र संकलन कार्य जारिरहेको जिल्ला जन स्वास्थ कार्यालय प्रमुख महेश साहले बताए ।


यसअघि पहिलो चरणमा रौतहटमा भएको कोरोना संक्रमित  कुल १४ सय मध्ये १३ सय २८ जना कोरोना जितेर घर फर्किसकेको र ४ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप