बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा कारागारका ४ सहित ११ जनामा कोरोना संक्रमण

बुधबार, २८ साउन २०७७, १९ : ३३
बुधबार, २८ साउन २०७७

सिरहा । सिरहा कागारागारमा ४ सहित थप ११ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्ला गारागार कार्यालय सिरहामा ४ कैदीबन्दी, इलाका प्रहरी कार्यालय लहानमा ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ जना कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल सिरहा सन्हैठाका १ जना प्रहरीसहित ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदी वन्दीमा कोरोना देखिएको जनाइएको छ । उनीहरु साउन २५ र २६ गते कारागार चलान भएका हुन् । कारागारमा अहिले १ सय ९२ बन्दी, २ बालबालिका, अन्य ३ सय ८५ सहित ५ सय ७९ जना जना कैदीवन्दी रहेका छन् ।

उनीहरु अहिले कारागारभित्रै रहेका कोरेन्टाइनमा रहेको जेल प्रशासन प्रमुख बविताकुमारी महतोले जानकारी दिइन् । उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने सल्लाह भइरहेको उनले जनाइन् । पछिल्लो पटक सिरहामा स्वाव परीक्षण बढाएसँगै कोरोनाका विरामी थप देखिन थालेका छन् ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप