बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल अस्पताललाई गरियो ‘सेनिटाइज’

बुधबार, २८ साउन २०७७, २१ : ०७
बुधबार, २८ साउन २०७७

बिराटनगर । कोरोना संक्रमण रोकथामका लागि नोेबेल शिक्षण अस्पताललाई ‘सेनिटाइज’ गरिएको छ । अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले अस्पताल क्षेत्रलाई सेनिटाइज गरेको हो । 

बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, कर्मचारी लागयतमा कोरोना संक्रमणको जोखिम कम गर्न अस्पतालको बाहिरी भाग तथा भवन भित्रका सबै बिभागलाई सेनिटाइज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि अस्पताल अगाडी हात धुने र सेनिटाइजर लगाउने व्यवस्था पनि मिलाइएको छ ।

बिराटनगर आसपास क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि नोबेलले गत आईतबारबाट ओपीडी बन्द गरेर आकस्मिक कक्षबाट उपचार सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप