शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहीबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

बिहीबार, २९ साउन २०७७, ०६ : ४८
बिहीबार, २९ साउन २०७७

काठमाडौं – मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । 
 
बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेको जानकारी दिएको हो । 

महाशाखाका अनुसार हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको छ।

यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य बदली रही  धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  । 

साथै, गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश,    र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य  वदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश,  र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप