पीएसजीको सनसनीपूर्ण जीत, २५ वर्षपछि सेमिफाइनलमा
पेरिस सेन्ट जर्मेनले एटलान्टाविरुद्ध सनसनीपूर्ण पुनरागमन गर्दै पछिल्लो २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । एटलान्टाका मारियो पासालिचको गोलको कारण हारतर्फ अग्रसर बनेको पीएसजीले खेलको अन्तिम मिनेटमा गोल फर्काउँदै उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो ।
ब्राजिलियन फरवार्ड नेयमारको पासमा मार्किन्होसले बराबरी गोल फर्काए भने इन्जुरी समयमा किलियान एम्बाप्पेले एरिक म्याक्सिम चुपो–मोटिङका लागि विजयी गोलका लागि अवसर सृजना गरे ।
पीएसजीले अब अर्को मंगलबार हुने सेमिफाइनलमा आरबी लेइपजीग र एथ्लेटिको म्याड्रिडबीचको विजेतासँग खेल्नेछ ।
खेलमा नेयमारले लियोनेल मेस्सीको एक खेलमा सबैभन्दा बढी ड्रिबलिङको कीर्तिमान पनि बराबरी गरेका छन् । मेस्सीले सन् २००८ मा म्यान्चेस्टर युनाइटेडविरुद्ध एकै खेलमा १६ वटा ड्रिबल पूरा गरेका थिए । नेयमारले बुधबारको खेलमा सो उपलब्धि बराबरी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ