शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आलियाको ‘सडक टु’ लाई रेकर्डस्तरको ‘डिसलाइक’ किन ?

बिहीबार, २९ साउन २०७७, १० : १३
बिहीबार, २९ साउन २०७७

सञ्जय दत्त र आलिया भट्ट स्टारर फिल्म ‘सडक टु’ को ट्रेलर बुधबार बिहान रिलिज भयो र रिलिज भएको केही घण्टा भित्रै यसले युट्युबमा हज्जारौं डिसलाइक पायो ।

ठूलो ब्यानरका, अझै त्यसमाथि ठूल्ठूला कलाकारको नाम भएका फिल्मको ट्रेलरले डिसलाइकभन्दा लाइक बढी पाउँथ्यो । तर सडक टुमा ठिक विपरित भयो । यो समाचार तयार पर्दासम्म फिल्मको ट्रेलर ट्रेन्डिङको शीर्ष स्थानमा छ भने यसले हालसम्म ४० लाख बढी डिसलाइक पाइसकेको छ । यद्यपि, ट्रेलरले २ लाख ७२ हजार लाइकसमेत पाएको छ ।

कतिले फिल्मलाई बहिष्कार गर्नेसमेत बताएका छन् ।

यो नियोजित बहिष्कार गत जुलाई १४ तारिखमा बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्या गर्नुसँग सम्बन्धित छ । ३४ वर्षे ती नायक मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको मृत्युलगत्तै धेरैले उनी बलिउडको परिवारवाद र समूहवादको शिकार भएकाले डिप्रेशनको भएको बताए । तसर्थ, थुप्रैले बलिउडका नाम चलेका कलाकार र स्टारकिड्समाथि प्रहार गर्न थाले । तीमध्ये आलियाको नाम शीर्ष स्थानमा आयो ।

आलियाले कफी विद करन नामको शोमा सुशान्तबारे गरेको टिप्पणी पनि अत्यधिक चर्चामा आयो जसका कारण आलियाको निकै आलोचना भयो ।

आलिया फिल्म निर्माता करन जोहरसँग अत्यधिक नजिक भएकोले पनि उनी निशानामा परिन् । करन जोहरलाई नेपोटिजमको बढावा दिएको भन्दै सोसल मिडिया प्रयोगकर्ताले भन्न सम्म भने ।

यसका साथै ‘सडक टु’ महेश भट्टले निर्देशन गरेका हुन् । उनीमाथि पनि सोसल मिडियामा नकारात्मकता फैलाएको भन्ने आरोप लागेको छ । महेश भट्ट रिया चक्रवर्तीसँग नजिक भएको बताइन्छ । रिया चक्रवर्तीलाई सुशान्त सिंह राजपूतको मृत्युपछि विभिन्न प्रश्नले घेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप