शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ रिलिज लगतै विवादमा

बिहीबार, २९ साउन २०७७, १३ : १०
बिहीबार, २९ साउन २०७७

मुम्बई । अभिनेत्री जाह्नवी कपुर अभिनित फिल्म ‘गुन्जन सक्सेना: द कारगिल गर्ल’ रिलिज लगतै विवादमा परेको छ । फिल्ममा वायुसेनालाई गलत तरिकाले देखाइएको भन्दै भारतीय वायु सेनाले आपत्ति प्रकट गर्दै फिल्मका विरुद्ध कारवाहीको माग गरेको छ । 

भारतीय वायुसेनाले सेन्सर बोर्डलाई एकपत्र लेख्दै फिल्ममा रहेका केही दृश्य सम्पादनको  माग समेत गरेको छ ।  १२ अगस्ट अर्थात बुधबार ओटीटी प्लेटफर्मबाट रिलिज फिल्म भारतीय वायुसेनाको लडाकु पाइलट गुन्जन सक्सेनाको जीवनमा आधारित रहेर निर्माण भएको हो । फिल्ममा जाह्नवी कपुरले गुन्जनको भूमिका निर्वाह गरेकी छन् ।

पहिले यो फिल्म मार्चबाट चलचित्र घरमा रिलिज हुने र बताइएको थियो । तकोरोनाको कारण फिल्म रिलिज डेट परिवर्तन भएर डिजिटल प्लेटफर्म मार्फत रिलिज भएको हो ।  जाह्नवी कपूरका साथै पंकज त्रिपाठी, अंगद बेदी, विनीत कुमार सिंह लगायतका कलाकाको अभिनय रहेको फिल्म शरण शर्माले निर्देशन गरेका हुन् ।  गुन्जनले भारत र पाकिस्तान बिच १९९९ भएको कारगिल युद्धमा आफ्नो बहादुरी देखाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप