शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंको कागेश्वरी मनोहरामा १५ वर्षीया किशोरी बलात्कृत

बिहीबार, २९ साउन २०७७, १४ : ४४
बिहीबार, २९ साउन २०७७

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान  स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ । 

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए । 

पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप