शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिलायन्स फाइनान्स र एफवान सफ्ट बीच मोबाइल बैंङ्किङका लागि सम्झौता

बिहीबार, २९ साउन २०७७, १५ : ३६
बिहीबार, २९ साउन २०७७

काठमाडौं । रिलायन्स फाइनान्सले मोबाइल बैंङ्किङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स फाइनान्सका सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सिइओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको थियो ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रिलायन्स फाइनान्ससँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले आफ्ना साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बताए ।

सन् २००४ देखि नै एफवान सफ्टको मुख्य ध्यान बैंङ्किङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाइल बैंङ्किङ र मोबाइल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो ।

नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मोबाइलबाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।  

रिलायन्स फाइनान्स लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्र बैंकबाट अनु्मति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४ औँ फाइनान्स् कम्पनीका रूपमा सुरू भएको थियो । 

मोबाइल बैंङ्किङ, विशेषगरी कोरोना भाइरस महामारीको समयमा डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप