कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबीच प्रोफेशनल कर्जाका लागि सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ(एक्यान)बीच ए क्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामा प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।
द्विपक्षीय समझदारीमा एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको सबै शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेशनल कर्र्जा प्रदान गरिने जनाइएको छ ।
सम्झौता पछि धितो नभएर आफ्ना व्यक्तिगत आवश्यकताहरु पुरा गर्नको लागि बैंङ्किङ सुविधा (कर्जा) लिनबाट बञ्चित व्यक्तिहरुलाई कर्जा लिन सहज हुने कुरामा आफु विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।
साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।
समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले कामना सेवाविकास बैंकको केन्द्रियकार्यलयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु