शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार वार्ता सकेर प्रचण्ड–नेपाल समूहको छुट्टै वार्ता

बिहीबार, २९ साउन २०७७, १८ : ०३
बिहीबार, २९ साउन २०७७

काठमाडौं । बालुवाटारमा ओली र प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता छुट्टै छलफलमा जुटेका छन् । 

काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् । 

सोे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ सहभागी भएको श्रोतले जनाएको छ ।  छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको बुझिएको छ । 

यसअघि बुधबार पनि प्रचण्ड र नेपाल समूहका नेताले  गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप