प्रभु बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंङ्किङको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु बैंकको ‘१०% प्रभु बैंक डिबेन्चर २०८४’को रु. एक हजार अंकित दरको २० लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरेको छ ।
सोमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. एक अर्ब २० करोड ऋण पुँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र आठ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. ८० करोड ऋण पुँजी रकम (५% अर्थात ४० हजार युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको सात लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।
निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई सात लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा दुई हजार तीन सय आठजना आवेदकहरुबाट कूल सात लाख ३० हजार तीन सय ६५ कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो ।
त्यस मध्ये चार सय १७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा तीन लाख ५१ हजार दुई सय ३१ कित्ता ऋणपत्र विभिन्न कारणवश रिजेक्ट भएको हुँदा रितपूर्वक एक हजार आठ सय ९१जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरेबमोजिम नै बाँडफाँड गरिएको हो ।
रितपूर्वक एक हजार आठ सय ९१ जना योग्य आवेदकहरुलाई कूल तीन लाख ७९ हजार एक सय ३४ कित्ता ऋणपत्र बाँडफाँड गरियो तथा व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको तीन लाख ८० हजार आठ सय ६६ कित्ता समेतगरी कूल १५ लाख ८० हजार आठ सय ६६ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।
सर्वसाधारण समूहबाट ३७ करोड ९१ लख ३४ हजार रुपैयाँ र व्यक्तिगत तवरबाट एक अर्ब ५८ करोड आठ लाख ६६ हजार रुपैयाँ निष्काशन रकमका लागि निष्काशन तथा बिक्री प्रबन्धकत्वको कार्यालयमा बाँडफाँड भयो ।
प्रभु बैंकका ऋणपत्रमा माग गरिएको भन्दा ३.०७ गुण बढीले आवेदन पर्न आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा