केन्द्रीय संस्करण

सरकार घरघरमा पुगेर सेवा दिइरहेको छः मुख्यमन्त्री राई

person explore access_timeसाउन २९, २०७७ chat_bubble_outline1
file photo

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकारले जनताकै घरघरमा पुगेर सेवा प्रवाह गरिरहेको बताएका छन् ।  झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजना अन्तर्गत निर्मित सडकको आज उद्घाटन गर्दै सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना सङ्घीय सरकारबाट पूरा हुने भएकाले अब कोही पनि निराश बन्नु नपर्ने जिकिर गरे ।

अर्जुनधारा – ६ र ९ स्थित माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक शान्ति निर्माण सेवाले रु ८८ लाख ११ हजार १७१ को लागतमा निर्माण गरेको बताइएको छ । त्यस्तै मुख्य मन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटामा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा–१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध सङ्कलन केन्द्र (चिलिङ सेन्टर) को समेत उद्घाटन गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Aug. 16, 2020, 8:35 p.m. श्याम कृष्ण बाँसकोटा‌‌
    ए हो र...........? खै हामिले त सूईँकै पाएनौँ त.....!! ए...ए... सरकार का आफन्तको घर घर मा होला...... ए..ए..ए.. बल्ल बुझेँ...!! कोरोना भएकालाई घर घर मैं छाडिदियौं चैं भनेको होला... धन्यवाद छ मुख्यमन्त्री ज्यू 😥😓😢
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.