गृह मन्त्रालयद्वारा ‘कोभिड–१९ सुरक्षा मापदण्ड’ अनुगमन गर्न टोली परिचालन
काठमाडौं । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागी सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुगमन गर्न अनुगमन टोली परिचालन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्य मापदण्ड र गृहले जारी गरेको सुरक्षा मापदण्ड अनुगमन गर्न टोली परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
जोर विजोर प्रणाली, आवागमनको लागि तोकिएका सवारी साधनको अवस्था, भौतिक दुरीको पालना र मास्कको प्रयोगबारे अनुगमन गर्न टोली परिचालन गरिएको हो । त्यस्तो टोली काठमाडौंमा ५ वटा, ललितपुर र भक्तपुरमा ४–४ वटा परिचालन गरिएको छ । उपत्यका बाहेक अन्य जिल्लामा पनि अनुगमन टोली बनाएर साप्ताहिक कार्य प्रगति पठाउन गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
प्रहरीले मास्क प्रयोग नगर्ने २५ हजार २०७ जनालाई १ सय रुपैयाँको दरले जरिवाना गरेको छ । लकडाउनपछि मास्क प्रयोग नगरी हिड्ने ४ लाख १९ हजारलाई नियन्त्रणमा लिएर ३ लाख ५४ हजाराई संझाई बुझाई छाडिएको छ ।
मास्क नलगाई हिँड्ने ३९ हजारलाई मास्क वितरण गरेको बताइएको छ ।
अनुमतीबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
-
सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही
-
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन
-
ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
-
बागमतीको प्रमुख सचिवमा कार्कीलाई मुकरर
-
वैशाख १५ गतेदेखि अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै